Home फिल्म हलिउड हलिउडको बहुप्रतीक्षित फिल्म ‘फास्ट एन्ड फ्युरियस-९’ ट्रेलर रिलिज, नेपालमा असार ११ गते...

हलिउडको बहुप्रतीक्षित फिल्म ‘फास्ट एन्ड फ्युरियस-९’ ट्रेलर रिलिज, नेपालमा असार ११ गते प्रदर्शन तयारी

हलिउडको बहुप्रतीक्षित फिल्म ‘फास्ट एन्ड फ्युरियस ९’ को अफिसियल ट्रेलर अप्रिल १४ मा इन्टरनेट रिलिज भएको छ । नेपाल र भारतमा असार ११ गते (२५ जुन)मा फिल्म रिलिज लक्ष्य राखिएको छ । तर, फिल्मको रिलिज चाहिँ कोरोनाभाइरस महामारीको नियन्त्रणका लागि हुने प्रतिबन्धका नियमहरुमा निर्भर हुनेछ ।

यो एक्सन फिल्मलाई जस्टिन लीनले निर्देशन गरेका हुन् ।

भाइरस महामारीको कारण यो फिल्म सरेको थियो । तिन मिनेट २० सेकेण्ड लामो ट्रेलरमा एक्सन-प्याक्ड दृश्य समावेश गरिएको छ । भीन डिजेल, जोन सेना, मिसेल रोड्रिग्युजको मुख्य भूमिका छ ।

नेपाल, भारत र अमेरिकामा एकसाथ फिल्म रिलिजको योजना छ । दक्षिण कोरियामा चाहिँ मे १९ मा प्रदर्शन तयारी छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read