भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ ।महामारी सुरु भएयता भारतमा पहिलोपटक एकै दिन दुई लाख भन्दा धेरै संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या दुई लाख भन्दा बढि पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७३९ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै सो अवधिमा कोभिड–१९ का कारण एक हजार ३८ जनाको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढि पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १४ लाख ७१ हजार ८ भय भन्दा धेरै छ ।
कोभिड–१९ का कारण भारतमा हालसम्म एक लाख ७३ हजार १२३ जनाको ज्यान गएको छ । भारतमा खोप अभियान पनि जारी छ ।हालसम्म ११ करोड ४४ लाख ९३ हजार भन्दा धेरै कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाएका छन् ।