Home Uncategorized नयाँ वर्षमा सिस्नु दलेर शुभकामना!

नयाँ वर्षमा सिस्नु दलेर शुभकामना!

नयाँ वर्षको अवसरमा शुभकामनाले तपाईका फेसबुक, ईन्सटाग्राम, ट्वीटर, भरिए होलान। कतिले भाईभर तथा एस एम एस मार्फत शुभकामना आदानप्रदान गर्नुभयो होला तर सुदुरपश्चिममा भने नयाँ वर्षको शुभकामना दिने प्रचलन बेग्लै छ। यहाँ एक अर्कोबीच सिस्नु दलेर शुभकामना आदान प्रदान गरिँदैछ।

सुदूरपश्चिममा नयाँ वर्षको दिन ‘विषु पर्व’ भन्दै एकअर्काबीच सिस्नु लगााएर शुभकामना साटासाट गरिँदैछ। गएको वर्षको पाप र खेतबारीमा काम गर्दा लागेका विषहरू नष्ट गर्न एक आपसमा सिस्नुको हाँगाले छ्याप्दै विषु पर्व (नयाँ वर्ष) मनाउने गरिन्छ।

काम गर्दाका समयमा लागेका विष विषु पर्वका दिन सिस्नुले छ्यापेमा नष्ट हुन्छ भन्ने धारणा सुदूरपश्चिममा रहेको छ। शरीरमा सिस्नु लाग्दा विभिन्न रोग समेत नष्ट हुने उनीहरुको धारणा छ। सिस्नु शरीरमा लगाउँदा औषधिको काम गर्ने साथै सिस्नु लगाउँदा शरीरमा चिलाउने रोग सञ्चो हुने उनीहरु बताउँछन्।

नयाँ वर्षमा सिस्नु लगाएमा शरीरमा लागेको विष नष्ट हुन्छ भन्ने विश्वास रहेको बताउँदै उनीहरु भन्छन ,” पुर्खौदेखिको संस्कृति भएकाले हामी पनि सिस्नु लगाउन एकअर्काबीच प्रतिस्पर्धा गर्छौ । ”

विषु पर्वकै दिन डोटी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुलामा डेउडा खेल्ने तथा विभिन्न ठाउँ तथा परिवेश अनुसार फरक–फरक खेल, पूजाआजा गरिने भए पनि सिस्नु दलेर शुभकामना दिने प्रचलन भने सबै ठाउँको एउटै छ।

विषु पर्वका दिन सिस्नु नलगाए पनि सबैले सिस्नुको हाँगासम्म छुनुपर्ने मान्यता छ। विषु पर्वका दिन शरीरमा सिस्नु नलगाउने व्यक्तिलाई लखेटेर भए पनि सिस्नु लगाउने गरिन्छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read