Homeसमाचारआगामी तीन दिनको मौसम : यी क्षेत्रहरूमा मेघगर्जन र चट्टयाङ्गसहित बर्षाको सम्भावना

आगामी तीन दिनको मौसम : यी क्षेत्रहरूमा मेघगर्जन र चट्टयाङ्गसहित बर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ ।
जसअनुसार देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान 
२०७८ बैशाख १ गते (बुधबार)
 दिउँसो : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।  सुदुपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूका पहाडी भूभागका थेरै स्थानमा तथा बाग्मती प्रदेश र प्रदेश १ को एक दुई ठाँउ अपरान्हपछि मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राती :  देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ । देशका पहाडी भूभागका एक दुई ठाँउ मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
 २०७८ बैशाख २ गते (बिहिबार)
दिउँसो : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।   देशहरूका पहाडी भूभागका थेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
 राती : देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ ।
देशको पहाडी भूभागका एक दुई  स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
२०७८ बैशाख ३ गते (शुक्रबार) 
दिउँसो : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।   देशहरूका पहाडी भूभागका थेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ ।
देशको पहाडी भूभागका एक दुई  स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
सुदुपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूका पहाडी भूभागका थेरै स्थानमा तथा बाग्मती प्रदेश र प्रदेश १ को एक दुई ठाँउ अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read