पछिल्लो समयमा नेपालमा अन्य देशहरुसँगै नेपालमा पनि कोरोनाको दोस्रो लहर सुरु भइसकेकाे छ । नेपालमा पनि दैनिक रुपमा कोरोना बढ्दो क्रममा रहेको छ । कोरोना लाग्नबाट जोगिनको लागि आफ्नो र परिवारको विशेष रुपमा ख्याल गर्नु नै पहिलो प्राथमिकता हो । कोरोन लाग्न नदिन हामी शारीरिक र मानसिक रुपमा स्वस्थ हुनु जरुरी हुन्छ ।
तसर्थ कोरोनासँग लड्नको लागि अपनाउनुहोस् यी उपायहरु
शारीरिक रुपमा सक्रिय हुने- दैनिक रुपमा शारीरिक व्यायाम ,योग गर्ने र यसका साथै केही समय हिड्ने गर्नुपर्दछ ।
पौष्टिक आहरा समावेश गर्ने– यो समयमा पौषि्टक तत्व युक्त खानेकुराको जरुरी हुन्छ । प्रोटिन, भिटामिन र कार्बोहाइड्रेट प्राप्त मात्रामा भएको ताजा फलफुल तथा सागसब्जीको सेवन गर्ने । यसका साथै चिनी । नुनको सेवन कम गर्ने ।
प्रेरित हुने- गाना सुन्ने किताब पढ्ने, कथा सुन्ने, मनोरञ्जन दिने भिडियो हेर्ने । गर्नाले आफुलाई ताजा महशुस हुन्छ ।
दैनिक योजना बनाउने– के गर्ने, के नगर्ने नभन्ने विषयमा दैनिक रुपमा योजना बनाउने गर्दा हामीले नियन्त्रित महशुस गर्नुका साथै काममा फोक्स पनि मिल्छ ।