Home समाचार राष्ट्रिय क्रीकेट टिमको जर्सीमा प्रायोजकको भद्दा लोगो भन्दै चौतर्फी नकारात्मक प्रतिक्रिया

राष्ट्रिय क्रीकेट टिमको जर्सीमा प्रायोजकको भद्दा लोगो भन्दै चौतर्फी नकारात्मक प्रतिक्रिया

सोमबार एक औपचारिक कार्यक्रम बिच मोबाइल एप्लिकेसन ‘माई सेकेण्ड टिचर’ ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रायोजन गरेको घोषणा गरेको छ । सेकेण्ड टिचरले नेपाली टिमको जर्सी प्रायोजन गरेको हो ।

तर घोषणा कार्यक्रमका तस्वीर सार्वजनिक भएसंगै केही बिवाद र नकारात्मक प्रतिक्रिया पनि आएका छन । नेपाली टिमको जर्सीमा प्रयोग भएको लोगो एकदमै ज्यादै भद्दा र चाहिने भन्दा ठूलो भएको कारण नकारात्मक प्रतिक्रिया आएका हुन । प्रायोजकको लोगोले जर्सीमा लेखिएको नेपाल नै हराएको जस्तो देखिन्छ। नेपाली राष्ट्रिय टिमको जर्सीमा यति भद्दा लोगो ठिक नहुने भन्दै सामाजिक संजाल लगाएत धेरै ठाउँहरुमा टिकाटिप्पणी भएको छ।

प्रायोजनको नेपाल क्रिकेट संघ क्यानले सोमबार सेकेण्ड टिचरको आईएनजी समूहसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ । एक वर्षे सम्झौतासँगै नेपाली टिमको जर्सीमा माई सेकेण्ड टिचरको लोगो रहने छ ।

यस्तै आईएनजी समूह र इस्लिङ्टन कलेजको लोगो प्रयोग हुनेछ । सम्झौता रकम भने खुलाइएको छैन ।

क्यानका अनुसार नेपालले बैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी श्रृंखला खेल्दा प्रायोजित जर्सीको प्रयोग गर्नेछ । कार्यक्रममा नयाँ जर्सी सार्वजनिक गरिएको थियो ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read