Home समाचार यती एअरलाइन्सको नयाँ बर्ष अफर : यी पाँच ठाउँमा यती एयरलाइन्सले सस्तो...

यती एअरलाइन्सको नयाँ बर्ष अफर : यी पाँच ठाउँमा यती एयरलाइन्सले सस्तो मूल्यमा उडान भर्दै

यती एयरलाइन्सले नयाँ वर्षको अवसरमा सस्तो मूल्यमा उडान भर्ने भएको छ। वैशाख १ गतेसम्म प्रोमो कोड प्रयोग गरेर सस्तो मूल्यमा टिकेट खरिद गर्न सकिने यतीले जनाएको छ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौं-पोखरा १५७८ मा, काठमाडौं-भैरहवा १६७८ मा, काठमाडौं-विराटनगर २०७८ मा, काठमाडौं-भद्रपुर २३७८ मा र काठमाडौं-नेपालगञ्ज २९७८ मा टिकेट खरिद गर्न सकिन्छ।

प्रोमो कोडको लागि यती एयरलाइन्सको एप डाउनलोड गर्नुपर्नेछ। त्यसका लागि एन्ड्रोइड र एप्पल स्टोरमा यती एयरलाइन्स सर्च गरेर खोज्न सकिने बर्तौलाले बताए।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read