Home समाचार ६० लाख कित्ता आईपीओ निष्कासन गर्दै सानिमा लाइफ इन्स्योरेन्स, रेटिङ सम्पन्न

६० लाख कित्ता आईपीओ निष्कासन गर्दै सानिमा लाइफ इन्स्योरेन्स, रेटिङ सम्पन्न

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘ट्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्दैछ ।

हालसम्म कम्पनीले सेबोनमा भने निवेदन पेश गरेको छैन । कम्पनीले यसअघि नै आईपीओ निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read