Home समाचार कोरोना संक्रमणका कारण बिद्यालय संचालन बन्द गर्ने कि नगर्ने बिषयमा निस्कियो यस्तो...

कोरोना संक्रमणका कारण बिद्यालय संचालन बन्द गर्ने कि नगर्ने बिषयमा निस्कियो यस्तो निष्कर्ष

निजी स्कुल सञ्चालकहरुले कोरोनाको त्रास देखाएर अहिले विद्यालय बन्द गर्नुनपर्ने अडान राखेका छन् ।शिक्षा मन्त्रालयले गरेको छलफलमा उपस्थित भएका प्रतिनिधिहरुले यस्तो धारणा राखेका हुन् ।

शिक्षा मन्त्रालयले अहिले बिहान छलफलका लागि प्याब्सन, ऐन प्याब्सन, अभिभावक संघ, स्थानीय तहका प्रतिनिधिलाई बोलाएको थियो ।सबैजसोले अहिले विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएको बताएका थिए ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले अहिले कोरोना देखाएर तर्साइएको भन्दै अवस्था हेरेर बन्द गर्न सकिने विषयमा छलफल भएको बताए ।तर बन्द नै गर्नुपरेमा कक्षा पाँचसम्म मात्रै बन्द गर्ने उनीहरुको धारणा थियो ।

स्वास्थ्य मन्त्रालयले भने ठूला सहरमा रहेका विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालनका लागि सिफारिस गरेको थियो ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read