भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल फ्रेन्चाईज टोली चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीलाई जरिवाना लगाएको छ।
बीसीसीआईले बलिङ ओभर गती सुस्त गरेको भन्दै धोनीलाई १२ लाख भारतीय रुपैयाँ (लगभग १९ लाख रुपैयाँ नेपाली) जरिवाना तोकेको हो। बीसीसीआईले चेन्नईले गएराति भएको दिल्लीविरुद्धको खेलमा सुस्त ओभर गतिमा बलिङ गराएको बताएको छ। दिल्लीविरुद्दको उक्त खेलमा तीन पटकको आईपिएल च्याम्पियन चेन्नई सात विकेटले पराजित भएको थियो।