Homeसमाचारसिंगटी जलविद्युतको शेयर बाँडफाँड आज, कसरी हेर्ने नतिजा ?

सिंगटी जलविद्युतको शेयर बाँडफाँड आज, कसरी हेर्ने नतिजा ?

केही समय अघि मात्र सर्वसाधारको लागि प्राथमिक शेयर निष्कासन गरेको सिँगटी जलविद्युतको शेयर बाँडफाँड कहिले होला भन्ने धेरैको चासो रहेको छ । यसो त आइपीओ निस्कासन गरेको १५ दिन सम्म शेयर बाँडफाँड हुँदै आएको छ तर समय र परिस्थितिले केही ढिलो पनि हुन सक्ने गरेको छ ।

बिक्री प्रबन्धक मेघा क्यापिटलले दिएको जानकारी अनुसार यही शुक्रवार आर्थात आज बिहान १० बजे बाँडफाँड गर्ने गरी तयारी भएको जनाएको छ । बिक्री प्रवन्धक मेगा क्यापिटलको अनुसार कम्पनीको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

जुन कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९।१६ गुणा भन्दा धेरै हो। कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गरेको छ । कम्पनीको शेयर बाँडफाँड भएको १ घन्टा पछि iporesult.cdsc.com.np मा नतिजा हेर्न सकिने छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read