Homeसमाचारज्योति लाइफको सेयर सूचीकृत, कति पायो पहिलो कारोबार मूल्य?

ज्योति लाइफको सेयर सूचीकृत, कति पायो पहिलो कारोबार मूल्य?

सेयर बजारमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सूचीकृत भएको छ। कम्पनीको २ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको हो।

नेप्सेले ज्योतिलाई कम्पनी संकेतका रुपमा ‘जेएलआई’ प्रदान गरेको छ। कम्पनीको सुरुआती मूल्य अर्थात पहिलो कारोबार मूल्य १२० रुपैयाँ २९ पैसादेखि ३६० रुपैयाँ ८७ पैसा प्रदान गरेको छ।

कम्पनीले ६६ लाख कित्ता सेयर सर्वसाधारणलाई प्रदान गरेको थियो। १ करोड ५४ लाख कित्ता सेयर संस्थापक समूहको हो। भोलिबाट कम्पनीको सेयर कारोबार हुनेछ।

ज्ञानेश्वरमा प्रधान कार्यालय रहेको ज्योति लाइफ इन्स्योरेन्स पछिबाट खुलेको कम्पनी हो। पछिबाट खुलेका जीवन बीमा कम्पनीमध्ये यसको वित्तीय स्थिति राम्रो छ।बजारमा सूचीकृत भएसँगै कम्पनीको मूल्य कतिसम्म पुग्ला भन्ने कौतुलहता लगानीकर्तामा बढेको छ।ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्म १ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ।
प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३९ रुपैयाँ छ। कम्पनीले दोस्रो त्रैमासिक अवधिमा १० करोड रुपैयाँ खुद नाफा कमाएको छ।

जवकि गत वर्षको यसै अवधिमा ६ करोड ८९ लाख कमाएको थियो।  नयाँ जीवन बीमा कम्पनीमध्ये यसअघि प्रभु र रिलायन्स लाइफले आइपिओ जारी गरिसकेका छन्।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read