Homeसमाचारमेरो शेयर केही दिनका लागि बन्द

मेरो शेयर केही दिनका लागि बन्द

मेरो शेयरमा केही दिनका लागि बन्द भएकाे छ । मेरो शेयरमा समस्या आएपछि मंगलबार बेलुका ८ बजेबाट केहि दिनका लागि बन्द गरिएकाे  सीडीएससीले जनाएकाे छ ।

मेरो शेयरमा देखिएको समस्या सामधानका लागि थप सर्भर जडान गर्नु पर्ने भएकाले केही दिन मेरो शेयर नखुल्ने बताइएको छ । ‘मेरो शेयर सेवाग्राहीको चाप बढ्ने क्रमसँगै विभिन्न प्रविधिक समस्यहरु देखा पर्दै आएकोमा सो को समाधानको लागि आकस्मिक रुपमा थप सर्भरहरु जडान गर्नुपर्ने देखिएकाले र सो सर्भर जडान गरि डाटा माईग्रेसन केही समयको लाग्ने भएकाले मिति २०७७/१२/१७ गते बेलुका ८ बजेबाट मेरो शेयर केही समयको लागी अवरुद्ध हुने व्यहोरा जानकारी गराइन्छ’, सीडीएससीले भनेकाे छ ।

चैत १६ गतेको कारोबार गरेका इडीआएसको समय पनि थप गरिएको छ । सोमबार बेचेको शेयरको इडीआएस गर्ने समय चैत १८ गते विहान १० बजेसम्म थप गरिएको सीडीएससीले जानकारी दिएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read