मन्त्री सहभागी कार्यक्रममा सुरक्षा दिन नसकेको भन्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र नेपाल तथा सशस्त्र प्रहरीका जिल्ला प्रमुखको सरुवा भएको छ ।
६ महिना पनि पूरा नहुँदै उनीहरुको सरुवा भएको हो । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासका क्रममा अर्थ मन्त्री विष्णु पौडेल, उद्योग मन्त्री लेखराज भट्टलाई सुरक्षा दिन नसकेको भन्दै उनीहरुको सरुवा गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, एसपी प्रवीण पोख्रेल, सशस्त्र प्रहरी प्रमुख एसपी भरत खनियाको सरुवा भएको हो ।मोतीपुरमा स्थानीयको विरोधका बाबजुद पनि मन्त्रीद्वयले उद्योगका लागि अधिग्रहण गरिएको जग्गामा शिलान्यास गरेका थिए ।स्थानीयको विरोधलाई बेवास्ता गर्दै शिलान्यास गर्न लागिएपछि ठूलो संख्यामा स्थानीय उपस्थित भएर मन्त्रीद्वयलाई लखेटेका थिए ।
प्रजिअ घिमिरेलाई पर्सा सरुवा गरिएको छ ।