Homeसमाचाररुरु जलविद्युतले आईपीओ निष्काशन गर्ने मिति तोक्यो, मूल्य १ सय २० रुपैयाँ

रुरु जलविद्युतले आईपीओ निष्काशन गर्ने मिति तोक्यो, मूल्य १ सय २० रुपैयाँ

रुरु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले अङ्कित मूल्यमा प्रिमियम मूल्य थप गरेर  आईपीओ निष्काशन गर्ने भएको हो । यसले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता १ सय २० रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आईपीओ बिक्री नभएमा वैशाख ३ गतेसम्म बिक्री खुला राख्ने छ । रुरु जलविद्युतको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

इक्रा नेपालले यस परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीले पाएको ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ । यसअघि रुरुले स्थानीयलाई आईपीओ बिक्री गरिसकेको छ ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read