पाकिस्तानी स्वतन्त्रता दिवसको अवसरमा बधाई दिँदै उनले आफ्नो समकक्षीलाई चिठी लेखेका हुन्। छिमेकी देशको रुपमा पाकिस्तानी जनता खुसी रहुन् भन्ने कामना मोदीले गरेका छन्।
दुई देशबीच मित्रताका लागि विश्वास र भरोसाको वातावरण हुनुपर्ने मोदीले बताएका छन्। मोदीले खानलाई कोरोना महामारीसँग जुध्नका लागि पनि शुभकामना दिएका छन्। केही दिनअघि कोरोना भाइरसको संक्रमण हुँदा पनि मोदीले खानलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।
एक आपसमा लड्दै आएका भारत र पाकिस्तानबीच अहिले संघर्षविराम भएका छन्। दुवै तर्फबाट युद्धविरामको पूर्ण रुपमा पालना भइरहेको बताइएको छ।