Home समाचार नविन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख सहयोग नलिने

नविन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख सहयोग नलिने

मष्तिष्क घात भएर उपचार गराइरहेका काँग्रेस नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको परिवारले उपचारका लागि सरकारले दिने भनेको १० लाख रुपैयाँ नलिने घोषणा गरेको छ। नेता जोशीका सहयोगी पुस्कर पाण्डेले सरकारले सहयोगको घोषणा गरेको तर, परिवारले सो सहयोग नलिने घोषणा गरेको जानकारी दिए।

उनका अनुसार सो रकम अरु कुनै गरिबहरको उपचारमा सहयोग गर्न सरकारलाई जोशीका परिवारले सरकारसँग आग्रह गरेका छन्। फागुन १४ गतेदेखि नेता जोशीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। कोमामा रहेका जोशीलाई अहिले पनि भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read