“भेटै हुन्न कि” को फिमेल भर्सन चैत्र ९ गते रिलिज हुदै (टिजर सहित)

0
723

छोटो समयमा नै धेरैले मन पराईएको गीत “भेटै हुन्न कि” को फिमेल भर्सन पनि आउने भएको छ। करिब दुई महिना अगाडि देबेन्द्र बब्लुकै शब्द संगीत र स्वरमा रिलिज भएको गीत दर्शकको चाहना बमोजिम चैत्र ९ गते थग लाईफ नेपालको अफिसियल युट्य़ुब च्यानलबाट रिलिज हुने भएको छ।

गीतको फिमेल भर्सनमा सानु उपाध्यायको स्वर छ भने पवन भाटको एरेन्ज रहको छ। गीतको म्युजिक भीडियोमा सानु उपाध्याय नै फ़िचर्ड भएकी छिन। फिमेल भर्जनको टिजर थग लाईफ नेपालको अफिसियल युट्य़ुब च्यानलबाट चैत्र ७ गते रिलिज भैसकेको छ भने पुरा भिडियो हेर्न भने चैत्र ९ गते कुर्नुपर्ने छ।

बिछोडीएको प्रेमी प्रेमिकालाई सम्जिएर उनका यादहरु भुलाउन प्रयासरत प्रेमीको कथा बोकेको गीतको मेल भर्सनले धेरैको मन जितेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here