शनिबार एक कार्यक्रमको आयोजना गर्दै हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाको निर्देशनमा ‘छक्का पन्जा मिडिया’ नामक युट्युब च्यानलबाट ‘धनियाँ के होली’ बोलको गीत सार्वजनिक गरिन् । यो गीतलाई ‘छक्का पन्जा’ टिमले निर्माण गरेको हो ।
गीतको भिडियोमा ‘छक्का पन्जा’को सिरिजमा देखिने अधिकांश कलाकार देखिएका छन् ।दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौलादेखि किरण केसी, रवि डंगोल, शिवहरि पौडेल लगायतका कलाकार गीतको भिडियोमा अट्दा कलाकार जितु नेपाल भने अटेका छैनन् ।
‘छक्का पन्जा’ टिम र कलाकार जितु नेपालविच सम्बन्ध विग्रिएको खबर सार्वजनिक भएको केही महिना भयो । जितु आफैले सम्बन्ध विग्रिएको खबरलाई अस्विकार पनि गर्दै आएका थिए । तर, जितु र दीपाश्री विभिन्न कार्यक्रममा एकसाथ देखिएपनि दिपकराज गिरी र जितु भने एकसाथ देखिएका छैनन् । शुक्रबार शुभारम्भ भएको ‘कान्तिपुर सिनेप्लेक्स’को उद्घाटन कार्यक्रममा पनि जितु र दिपकराजविच बोलचाल भएन ।
अब, ‘छक्का पन्जा’ टिमको गीतमा नै जितु नदेखिनुले के कुरा प्रष्ट हुन्छ भने यो टिममा फाटो आइसकेको छ । जितुले संचालन गर्दै आएको ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री निरौला बाहिरिएपछि ‘छक्का पन्जा’ टिम र उनीविच सम्बन्ध विग्रिएको हो ।