Homeम्युजिक भिडियोभिम बिसी र एलिनाको 'ऐना हेरी हेरी' (भिडियो सहित )

भिम बिसी र एलिनाको ‘ऐना हेरी हेरी’ (भिडियो सहित )

थुप्रै चर्चित गीतहरुमा आफ्नो संगीत दिइसकेका, थुप्रै गीतहरुमा शब्दहरु भरिसकेका अनि धेरै गीतहरुमा आफ्नो स्वर दिइसकेका भिम बिसीले अर्को नयाँ गीत लिएर आएका छन्।

‘ऐना हेरी हेरी’ बोलको गीतमा उनिसंगै पछिल्लो समयकी चर्चित तथा ब्यस्त गायिका एलिना चौहानको स्वर रहेको छ। शिवराज योगीको शब्द रहेको यस गीतमा संगीत पनि भिम बिसी कै रहेको छ। गीतको एरेन्ज विश्व अधिकारीले गरेका छन्।

स्टुडियो भर्सनमा तयार गरिएको यस गीतको भिडियोमा भिम र एलिना आफै देखिएका छन् जसलाई अजय रेग्मीले खिचेका छन्। भिडियो प्रविन भट्टले निर्देशन र सम्पादान गरेका छन्।

बिसीको आफ्नै युट्युब च्यानलबाट अपलोड गरिएको भिडियोलाई दर्शकले मन पराईरहेका छन्।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read