Homeफिल्मआउने भयो अदितिको अर्को नेपाली फिल्म

आउने भयो अदितिको अर्को नेपाली फिल्म

बाबरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘बाबरी’को छायांकन चैत्रको २० गतेबाट सुरु हुँदैछ । यो चलचित्रको छायांकन सुरु हुन केही समय बाँकी रहेको अवस्थामा यसका मुख्य नायक भने परिवर्तन गरिएको छ । यसअघि यो चलचित्रमा गायक नितेशजंग कुँवरको मुख्य भूमिका रहने पक्का भएको थियो । तर, नितेशले पारिवारिक कारणले गर्दा यो चलचित्रमा काम गर्न नपाउने भएका तेशले निर्माणपक्षसँगको सहमतीमै चलचित्र छाडेपछि अब यसमा पछिल्लो समयका हटकेक नायक धिरज मगरको प्रवेश भएको छ । धिरजले केही दिन अगाडि मात्र यो चलचित्र साइन गरिसकेका छन् । यो चलचित्र साइन गरेर धिरज चलचित्र ‘आई एम ट्वान्टी वान’को बाँकी केही दृश्यको छायांकनका लागि धरान पुगेका छन् ।

चलचित्रमा अब नायक धिरज मगर र नायिका अदिती वुढाथोकीको अभिनय रहनेछ । चलचित्रमा नायिका नृत्ती नाडकरका छोरा धिरज टोटलानीले पनि काम गर्दैछन् । चलचित्रको वर्कशप भने भैसकेको छ । चलचित्रको छायांकन सुरु हुनुभन्दा केही दिन अगाडि मात्र नायिका अदिती मुम्बइबाट नेपाल आउनेछिन् ।

चलचित्र ‘कृ’मा काम गरेर चर्चा कमाएकी अदितीको यो दोश्रो चलचित्र हो । उनकै होम प्रोडक्शनमा बन्न लागेको यो चलचित्रलाई प्रेमको कथामा निर्माण गर्न लागिएको छ । चलचित्रको छायांकन नेपाल र सिक्किममा हुनेछ । नायक धिरज मगर भने चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट नै नेपाली चलचित्र क्षेत्रमा स्टार बनिसकेका छन् । यसैले, पनि धिरजको प्रवेशसँगै चलचित्रको स्टारकास्ट बलियो बनेको छ ।

यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । सुरेन्द्रले यसअघि चलचित्र ‘आभाष र कृ’ निर्देशन गरिसकेका छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read