HomeUncategorizedशीतलनिवासकाे सर्वदलीय बैठकमा राष्ट्रपतिबाहेक सबै पुरुष ?

शीतलनिवासकाे सर्वदलीय बैठकमा राष्ट्रपतिबाहेक सबै पुरुष ?

पहिलाे महिला राष्ट्रप्रमुख चुनेकाेमा गर्व गर्ने नेपालीहरूका लागि मंगलबार शीतलनिवासकाे दृश्य कुरीकुरीलाग्दाे थियाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले डाकेकाे सर्वदलीय बैठकमा काेही पनि महिला थिएनन् । संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई निम्ता पठाइएको थियो । पूर्वप्रधानमन्त्रीत्रय माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईबाहेक बोलाइएका १९ नेता शीतलनिवास पुगे । छुटेकाहरू पनि पुरुष नै परे ।

सत्तासीन दल एमालेबाट अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी भए । प्रमुख प्रतिपक्षबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि र डा. शशांक कोइराला शीतलनिवास पुगेका थिए भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ सहभागी भए ।

त्यस्तै, जनता समाजवादी पार्टीबाट राजेन्द्र महतोलाई लिएर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव शीलतनिवास गएका थिए । राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी, राप्रपाबाट डा. प्रकाशचन्द्र लोहनी, नेमकिपाबाट प्रेम सुवाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा सहभागी भए ।

अतिथि तथा वक्ता पुरुष मात्र भएका सभा, सम्मेलन र बैठकलाई ‘भालेपुराण’ भन्दै आलोचना भइरहेका बेला राष्ट्रप्रमुखले बोलाएको कार्यक्रमै त्यो दृश्य देखिएको छ । पुरुष नेताहरू मात्र सहभागी भएपछि राष्ट्रपतिबाहेक अरु महिलाको स्वर नसुनिने नै भयो ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read