Home समाचार किन मनाइन्छ महाशिवरात्री ?

किन मनाइन्छ महाशिवरात्री ?

हिन्दु क्यालेन्डरमा १२ मासमा १२ शिवरात्री हुन्छन्, तर महाशिवरात्री र शिवरात्रीमा ठुलो भिन्नता रहेको छ ।वास्तवमा महाशिवरात्री किन मनाइन्छ ? भन्ने कुरा धेरैलाई चासोको विषय हुन सक्छ ।

महाशिवरात्री मनाइने विभिनन धार्मिक मान्यताहरु छन् ।पौराणिक र धार्मिक मान्यताहरुका अनुसार तीन कारणहरुले महाशिवरात्री पर्व मनाउने गरिन्छ ।सबैभन्दा पहिलो कारण शिव–पार्वतीको विवाहलाई मानिन्छ ।यो कारण सबैभन्दा बढी प्रचलित छ ।जसका कारणले महाशिवरात्रीमा विभिन्न स्थानहरुमा राति शिवको जन्ति पनि निकाल्ने परम्परा रहेको छ ।माता पार्वती र भगवान शिवको विवाह फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा भएको थियो ।उक्त तिथिमा भगवान शिव र माता पार्वतीको महामिलनको रुपमा पनि मनाइन्छ ।

महाशिवरात्रीको दिन शिव–पार्वतीको विवाह हुनाले यसको महत्व बढि छ ।भनिन्छ, यो दिन भगवान शिवको पूजा आरधना गर्नाले भगवान शिव छिट्टै प्रसन्न हुन्छन ।महाशिवरात्रीको ब्रत बस्नाले यदि कसैको विवाहमा बाधा–अड्चन आएको छ भने समस्त बाधा अड्चनहरु कम हुन्छ र छिट्टै विवाह हुन्छ भन्ने एउटा मान्यता रहेको छ ।

दोस्रो कारण महादेवको शिवलिङ्ग स्वरुपलाई मानिएको छ ।पौराणिक मान्यता अनुसार महाशिवरात्रीको दिन नै भगवान शिव आफ्नो शिव लिङ्ग स्वरुपमा प्रकट भएका थिए ।
त्यो समयमा सबैभन्दा पहिले उनको यो स्वरुपको विधिपूर्वक पूजा–अर्चना गर्ने बम्हा र विष्णु थिए ।त्यही कारणले महाशिवरात्रीको दिन विशेष प्रकारले शिव लिङ्गको पूजा आरधना गर्ने विधान रहेको छ ।

तेस्रो कारणकोृ रुपमा विषपान गरेर संसारलाई संकटबाट बचाएकोलाई मानिसएको छ ।
समुद्र मन्थनबाट निस्किएको विष पिएर भगवान शिवले यो सृष्टिलाई संकटबाट बचाएका थिए भन्ने धार्मिक विश्वा छ ।यही कारणले नै महाशिवरात्री मनाइन्छ ।सागर मंथनबाट निस्केको विषलाई पिएर भगवान शिवको गला निलो भएको थियो । जसका कारण भगवान शिवलाई निलकण्ठ पनि भनिन्छ ।त्यसो त शिवरात्री र महाशिवरात्रीमा केही अन्तर छ ।हिन्दु क्यालेन्डरको प्रत्येक मासको कृष्ण पक्षको चतुर्दशी तिथिलाई शिवरात्रीको रुपमा लिइन्छ ।यो मासिक शिवरात्रीको नामले पनि प्रचलित छ ।फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा महाशिवरात्रीकाृ नामले चिनिन्छ ।

पौराणिक मान्यताहरुका अनुसार यो दिन नै मध्यरातमा भगवान शिव निराकार ब्रह्माबाट साकार स्वरुप अर्थात रुद्र रुपमा अवतरित भएका थिए ।त्यसैले यो तिथिलाई महाशिवरात्री भनिन्छ ।यो दिन विशेष रुपले भगवान शिवको पुजा–अर्चना गरिन्छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read