Home समाचार चलचित्र विकास बोर्ड र सेन्सर बोर्डमा सदस्य नियुक्त

चलचित्र विकास बोर्ड र सेन्सर बोर्डमा सदस्य नियुक्त

संचार मन्त्रालयले चलचित्र विकास बोर्ड र चलचित्र जाँच समितिका रिक्त सदस्य पदमा नियुक्ती गरेको छ । बोर्डको रिक्त सदस्यमा नुवाकोटका अर्जुनकुमार डंगोल, मोरङका प्रकाश भट्टराई, फनिन्द्रकुमार कट्वाल (राज) नियुक्ती भएका छन् ।

बोर्डमा नियुक्त भएका अर्जुनकुमार गायक तथा निर्माता हुन् । उनले ‘चपली हाइट’का तीन सिरिजको निर्माणसँगै ‘फिटकिरी’, ‘फाटेको जुत्ता’ आदि फिल्म निर्माण गरेका छन् । अर्जुन कुमारले बोर्ड अध्यक्षका लागि पनि आवेदन दिएका थिए ।एउटा फिल्म निर्देशन गरेका प्रकाश भट्टराई बादलको सिफारिशमा बोर्ड सदस्य बनेका हुन् । प्रकाश भट्टराईले १८ वर्ष अघि ‘भाग्य’ नामक फिल्म निर्देशन गरेका थिए । त्यसैगरि राज कटुवालले भने ‘लीला’, ‘लाल्टिन’ आदि फिल्ममा अभिनय गरेका छन् ।

चलचित्र जाँच समिति (सेन्सर बोर्ड)मा ओखलढुंगाका सन्तोषकुमार थापा र मोरङकी मीनाक्षी कोइराला नियुक्ती भएका छन् । सन्तोष रंग पत्रकारितामा सक्रिय छन् भने मिनाक्षीले म्यूजिक भिडियो निर्देशन समेत गरिसकेकी छिन् । मिनाक्षी कोइराला संगीतकार महेश खड्काकी कान्छी श्रीमति हुन् । उनी यसअघि महेश खड्का नै अध्यक्ष भएको समयमा संगीत रोयल्टी संकलन समाजकी सिइओ थिइन् ।

संचार मन्त्रालयमा आयोजित समारोहमा नियुक्त सदस्यहरुलाई प्रमाणपत्र दिँदै संचारमन्त्री पार्वत गुरुङले विकृति र विसंगतिरहित चलचित्र क्षेत्र बनाउन भूमिका खेल्न आग्रह गरे ।

उनले नियुक्त सदस्यहरुलाई मर्यादित भएर काम गर्न आग्रह गरे । उक्त अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल पनि उपस्थित थिए । सबैजनाको कार्यकाल दुई–दुईवर्षको हुनेछ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read