Homeअन्तर्राष्ट्रियसित्तैमा चन्द्रमा घुम्ने अवसर!

सित्तैमा चन्द्रमा घुम्ने अवसर!

के तपाईंलाई चन्द्रमा घुमेर आउने  मन छ ? पैसा नभएर यसबारे केही सोच्न सक्नु भएको छैन।  यस्तो हो भने  यो समाचार तपाईंका लागि नै हो। अहिले सित्तैमा चन्द्रमा घुमेर आउने अवसर आएको छ।  तपाईंमा यस्तो इच्छा छ भने समाचारमा भनिए अनुसार प्रक्रिया पूरा गरेर चन्द्रमा जाने लिस्टमा आफ्नो नाम आजै दर्ता गराउनुहोस्।

विश्वभरबाट सातजना मानिसलाई चन्द्रमा घुम्न जाने मौका मिल्ने भएको छ,त्यो पनि सित्तैमा। तपाईंले आफ्नो नाम रजिस्टर गराए यो अवसर प्राप्त हुनसक्छ।चन्द्रमा घुमेर आउने यो कार्यक्रम सन् २०२३ मा सम्पन्न हुनेछ। यसका लागि रजिस्ट्रेसन भने खुला भइसकेको छ ।

जापानका एक अर्बपति व्यापारी सन् २०२३ मा चन्द्रमा घुमेर आउने मुडमा छन। उनी यस यात्रामा एक्लै जान चाहँदैनन्। यस अभूतपूर्व यात्रामा आफूसँग केही साथी भइदिए यात्राको आनन्द नै बेग्लै हुन्छ। उनको चाहना अनुसार  करोडौं डलर खर्च गरेर उनलाई ३ लाख ८४ हजारभन्दा बढी  किमीको  ६ दिने  यस यात्रामा साथ  दिन को जाने ? फेरि यात्रा एकतर्फी हुने ‘रिस्क’ पनि छ नि !यसको उपाय उनी आफैंले खोजे।  सन् २०२३ मा हुन गइरहेको चन्द्रमाको  विशेष फ्लाइटमा उनले आठ टिकट बुक गरे र, आफूबाहेक  अन्य सातजनालाई  आफैं खर्च हालेर लैजाने निर्णय गरे। अब उनले  यसका लागि  सबैलाई  खुल्ला ‘अफर’ दिएका छन। एउटा वेबसाइट  खोलेर संसारभरिबाट  आवेदन मागेका छन।  यसरी आएका एप्लिकेसनबाट उनले सातजना व्यक्ति रोज्ने  छन्।

जापानका यी अर्बपति व्यापारीको नाम युसाकु माइजवा हो। २२ नोभेम्बर १९७५ मा जन्मिएका युसाकु अहिले ‘सिंगल’ छन्, केही समय पहिला उनले ‘डिभोर्स’ गरेका थिए।  फेसन क्षेत्रका यी व्यापारीको कूल सम्पत्ति २.२ बिलियन डलर रहेको छ। जापानका २२ औं नम्बरका धनी युसाकु विश्व  र्‍याङ्किङमा  १ हजार १ सय ३५  औं स्थानमा छन्।  नेपालका विनोद चौधरी भने  १.४ बिलियन डलरका साथ विश्व  र्‍याङ्किङमा १ हजार ५ सय १३ औं स्थानमा पर्छन्।

अहिले आफ्ना विभिन्न सोसल प्लेटफर्म ट्विटर, फेसबुक, इन्स्टाग्राम, युट्युबबाट उनले यसबारे विभिन्न जानकारी पोस्ट गरेर आफूसँग जान चाहने इच्छुक व्यक्तिको खोजी गरिरहेका छन्।तपाई यदि यस यात्रा अभियानमा सम्मिलित हुन चाहनु हुन्छ भने यसका लागि कुनै झन्झटिलो प्रक्रिया  छैन।  चन्द्रमामा जानका लागि आफ्नो नाम दर्ता  गराउन तपाईंले dearmoon earth    मा गई सजिलै आफ्नो नाम दर्ता गर्न सक्नुहुन्छ। नाम दर्ता गर्नसाथ तपाईंले उनका सबै सोसल प्लेटफर्मको विवरण पाउनुहुन्छ। साथै चन्द्रमामा जाने स्पेस सुट लाएको आफ्नो फोटो पनि पाउनुहुन्छ।  तपाईंलाई तुरुन्तै ‘कन्फर्म मेल’ पनि प्राप्त हुन्छ।

यस ६ दिने  चन्द्रयात्रामा जाने दुईजना व्यक्तिको निर्धारण भइसकेको छ।  यात्रामा १०–१२ जनासम्मलाई लगिने छ।  युसाकुले आफ्ना लागि आठ सिट बुक गराएका छन। एक जना उनी आफैं यात्रामा जान्छन ७ जनाको चयन भने उनले विश्वभरबाट गर्ने योजना राखेका छन्। अन्य सिटका लागि भने एकजनाको नाम निर्धारित भइसकेको छ।  उनी हुन् विश्वकै अर्बपति रइस एलन मस्क। अन्य २–३ जनाको नाम छनोटको अधिकार भने एलनसँग रहेको छ। चन्द्रमाको यात्रा सित्तैमा! त्यो पनि दुईजना अर्बपति व्यापारीका साथमा, के थाहा यो सौभाग्यले तपाईंकै प्रतीक्षा गरिरहेको छ कि!

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read