Home फिल्म धेरै पछि हलमा नयाँ नेपाली चलचित्र "गोर्खे" आजबाट प्रदर्शन

धेरै पछि हलमा नयाँ नेपाली चलचित्र “गोर्खे” आजबाट प्रदर्शन

कोरोनाको कारण लामो समय देखि थलिएको नेपाली चलचित्र क्षेत्र निकै नै प्रभावित रह्यो। केहि समय अगाडी ५० प्रतिशत अकुपेन्सी राखेर हाल खोल्न दीने सरकारको निर्णय भए पनि नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भएको डेढ महिनासम्म अरु नयाँ चलचित्र रिलिज गर्न कस्सैले हिम्मत गरेनन।

धेरै पछि नेपालका चलचित्र भवनहरुमा नयाँ नेपाली चलचित्र रिलिज भएको छ । प्राविधिकहरुले मिलेर निर्माण गरेको चलचित्र ‘गोर्खे’ आजबाट हलमा लागेको हो । यो चलचित्रले गोर्खाली सैनिकहरुको कथालाई उठान गरेको छ ।

किम्मत गौतमको निर्देशनमा तयार भएको यो चलचित्रमा रविन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरङ, एन्जल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भएको डेढ महिनापछि नेपालका चलचित्र भवनहरुमा नयाँ नेपाली चलचित्र रिलिज भएको छ । प्राविधिकहरुले मिलेर निर्माण गरेको चलचित्र ‘गोर्खे’ आजबाट हलमा लागेको हो । यो चलचित्रले गोर्खाली सैनिकहरुको कथालाई उठान गरेको छ ।

किम्मत गौतमको निर्देशनमा तयार भएको यो चलचित्रमा रविन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरङ, एन्जल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।कोजु इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता हरि लामा हुन् । चलचित्रमा तिर्थ राम कोजु, हरि थापाको लगानी छ ।गोर्खाली सैनिक बन्नका लागि संघर्ष गरिरहेका ५ जना यूवाहरुको कथालाई चलचित्रले उठाएको छ । यो चलचित्रमा काजी लिम्बुको कथा, हिमाल केसीको एक्सन, सौरभ लामा र निरज कँडेलको छायांकन, मित्र डी गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत छ ।

यो चलचित्रलाई मल्टिप्लेक्समा पनि राम्रो शोज उपलब्ध छ । तर, चलचित्रको प्रचार निकै कम भएकाले पनि दर्शक हलसम्म आउनेमा शंका व्यक्त गर्न सकिन्छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read