Homeसमाचारज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुला

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुला

आज (शुक्रवार) बाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ खुलेको छ ।

यसअघि फागुन २३ गते आइतवारबाट आईपीओ निष्कासन गर्ने भनिए पनि आजैबाट ६६ लाख कित्ता आईपीओ निष्काशन गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्ने जनाएको छ । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएको छ ।

आईपीओका लागि फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले जनाएको छ ।

हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । आईपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read