Homeसमाचारएक्कासि बढ्यो निफ्राको शेयर, लाग्यो सकारात्मक सर्किट, हेर्नुहोस कति पुग्यो शेयर मुल्य

एक्कासि बढ्यो निफ्राको शेयर, लाग्यो सकारात्मक सर्किट, हेर्नुहोस कति पुग्यो शेयर मुल्य

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को शेयर सर्किट लेभलमा कारोवार भएको छ । कारोबारको सुरुका दिनहरुमा लगातार सकारात्मक सर्किट हानेको निफ्राको सर्किटमा केही दिन अघिदेखि ब्रेक लागेको थियो ।

अघिल्लो दिन ५ सय ८ मा झरेको शेयर मूल्य ५० रुपैयाँले बढेर बिहीवार ५ सय ५८ पुगेपछि सर्किट लेभल छोएको हो । शेयर बजारमा कुनै पनि कम्पनीको शेयर एकैदिन १० प्रतिशतभन्दा बढी बढ्न वा घट्न पाउँदैन ।

सातामा कारोवार हुने अन्तिम दिन बिहीवार ५ सय ८ बाट शुरू भएको कारोवार बजार बन्द हुनुभन्दा ४५ मिनेट अगाडि दिउँसो साडे २ बजे सर्किट लेभलमा पुगेको हो ।

३ सय ४० बाट दोस्रो बजारमा शुरू भएको कारोवार ७ सय २६ पुगेपछि निरन्तर घट्ने क्रममा थियो ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read