Home खेलकुद पोलार्डले हाने एकै ओभरमा ६ छक्का

पोलार्डले हाने एकै ओभरमा ६ छक्का

श्रीलंकाविरुद्धको तीन खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजका कप्तान काइरन पोलार्डले धमाकेदार ब्याटिङ गरेका छन्।वेष्ट इन्डिजका काउरन पोलार्डले टी-२० आई क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।श्रीलंका विरुद्धको पहिलो टी-२० मा पोलार्डले अकिला धनन्जयलाई एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।

धनन्जयले खेलको चौथो ओभरमा ह्याट्रिक विकेट लिएका थिए तर छैटौँ ओभरमा पोलार्डले छक्काको वर्षा गराए ।पोलार्डकै ३८ रनको मद्दतमा वेष्ट इन्डिजले पहिलो टी-२० मा श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो ।श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १३.१ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।यस्तै एभिन लेविसले २८ र लेन्डल सिमोन्सले २६ रन जोडे । ज्यासन होल्डर २९ रनमा अविजित रहे ।

श्रीलंकाका धनञ्जयले ह्याट्रिक विकेट लिए । उनले चौथो ओभरको दोस्रो बलमा इभिन लुइस, तेस्रो बलमा क्रिस गेल र चौथो बलमा निकोलस पुरनलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।यस्तै डी सिल्भाले पनि ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो ।श्रीलंकाका पाथुम निशनकाले ३९ र निरोशन डिक्वेलाले ३३ रन बनाए । वेस्ट इन्डिजका ओबेड म्याकोवेले २ विकेट लिए ।यस जितपछि तीन खेलको सिरिजमा वेस्ट इन्डिजले १-० को अग्रता बनाएको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read