Home समाचार मंगलबार सुनको मूल्यमा भारी गिरावट

मंगलबार सुनको मूल्यमा भारी गिरावट

सुनको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेको जनाएको छ । यससँगै नेपाली बजारमा मंगलबारको सुनको मूल्य ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुनको मूल्य तोलाको ८८ हजार सात सय थियो। तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार सात सय रुपैयाँले घटेर ८६ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार तेजाबी सुनको मूल्य तोलाको ८८ हजार दुई सय ५० रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read