Homeसमाचारमहिला लघुवित्तको साधारण शेयर बाँडफाँड शुक्रबार हुने

महिला लघुवित्तको साधारण शेयर बाँडफाँड शुक्रबार हुने

महिला लघुवित्त वित्तीय संस्थाको साधारण शेयर आईपीओ यही १४ फागुन शुक्रबार बिहान ८ बजे बाँडफाँट हुने भएको छ । उक्त शेयरको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बुधबार एक विज्ञप्ति जारी गर्दै त्यस्तो जानकारी दिएको हो ।

आईपीओको बाँडफाँट नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय हात्तीसारमा गरिनेछ ।

महिला लघुवित्तले ३० माघ २०७७ देखि १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको समेत जानकारी गराएको छ

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read