Homeसमाचारटिएमएस बाट नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ गायब

टिएमएस बाट नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ गायब

लगातार सकारात्मक सर्किटमा हिजो देखि ब्रेक लागेको नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ अहिले टिएमएसमा देखाएको छैन। कारोबार सुरु भएको केहि समय ५६५ मा कारोबार भए पनि अहिले भने निफ्रा टिएमएस बाट गायब भएको छ।

नेप्से लाईभ ट्रेडिङ्गमा शेयर मूल्य जिरो देखाईरहेको छ भने (-१००%) परिवर्तन देखाईरहेको छ। सिस्टममा खराबी भएर वा अन्य कुनै कारणले भन्ने जानकारी अहिले सम्म आएको छैन।

हिजो मंगलबार ६९३ मा बजार खुले पनि शुरुमा ७२६ पुगेको मूल्य एक्कासि घटेर ५९४ कायम भएको थियो। अघिल्लो दिनको शेयर मुल्यमा १० प्रतिशत मूल्य घटेर ५९४ मा नकारात्मक सर्किट लागेको थियो। टिएमएसमा निफ्रा नदेखाएपछि लगानीकर्ता तनावमा देखिएका छन।

२० करोड कित्ता शेयर सुचिकृत भएर बैंकको फागुन २ गतेबाट NIFRA सिम्बलबाट कारोबार सुरु भएको हो । बैंकले कारोबारको पहिलो दिन ३४० बाट यात्रा सुरु गरेको थियो।

बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए । नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read