Homeसमाचारनेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को लगातार सकारात्मक सर्किट, हेर्नुहोस् कति पुग्यो शेयर...

नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को लगातार सकारात्मक सर्किट, हेर्नुहोस् कति पुग्यो शेयर मूल्य

नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को शेयर मूल्यमा लगातार आज पनि सकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको दिनदेखि आज दोस्रो हप्ताको दोस्रो दिन पनि नियमित कारोबार सुरु भएको केहि मिनेट मै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

हिजो आईतबार सर्किट लागेर बैंकको अन्तिम कारोबार ६०० मा भएको थियो । दोस्रो हप्ताको दोस्रो दिनको कारोबारमा प्रि ओपनमा बैंकको मूल्य ६३० पुगेकोमा नियमित कारोबार सुरु भएको केहि मिनेट मै बैंकको शेयर मूल्यमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म बैंकको शेयर मूल्य १० प्रतिशतले ६० अंकले बढ्दै ६६० पुगेको छ ।

२० करोड कित्ता शेयर सुचिकृत भएर बैंकको फागुन २ गतेबाट NIFRA सिम्बलबाट कारोबार सुरु भएको हो । बैंकले कारोबारको पहिलो दिन ३४० बाट यात्रा सुरु गरेको थियो।

बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए । नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read