Home म्युजिक भिडियो बले कक्रोज र प्रिज्मा प्रिन्सीको साडी मलमलको(भिडियो)

बले कक्रोज र प्रिज्मा प्रिन्सीको साडी मलमलको(भिडियो)

सक्किगोनी का चर्चित पात्र तथा पछिलो समय म्युजिक भिडियोमा पनि उत्तिकै राज गरिरहेका सागर लम्साल ‘बले’ तथा हरिश निरौला ‘कक्रोज’ अभिनित नयाँ म्युजिक भिडियो ‘साडी मलमल’ सार्वजनिक भएको छ।

म्युजिक भिडियोमा बले र कक्रोजको साथमा टिकटकबाट उदाएर म्युजिक भिडियोमा जमेका ट्वीन दिदि बहिनि प्रिज्मा-प्रिन्सी खतिवडाको पनि अभिनय रहेको छ। भिडियोमा उनीहरुसंगै अर्का ट्वीनस दिपा-दम्नता श्रेष्ठलाई पनि देख्न सकिन्छ।

बिना भट्टराईको शब्दमा तयार भएको यस गीतमा कृष्ण कार्की ‘अलंकार’ र स्मिता दाहालको स्वर रहेको छ। गीतमा मीन गुरुङ्गको संगीत तथा महाराज थापाको एरेन्ज रहेको छ। सन्तोष पौडेलको मिक्सिंग तथा मास्टरिङ्ग रहेको यस गीत सुर संगीत रेकर्डिङ्ग स्टुडियोमा पवन भाट तथा कर्ण सन्ज्यालद्वारा रेकर्ड गरिएको हो।

राजीव समरको कोरियोग्राफी तथा शान थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियो अर्जुन तिवारीले खिचेका हुन् भने सुप्रिम प्रजलीको सम्पादन रहेको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read