Home फिल्म बलिउड बिग बाेसकाे १४ औं सिजनकाे विजेता बनिन् रुबिना दिलाइक

बिग बाेसकाे १४ औं सिजनकाे विजेता बनिन् रुबिना दिलाइक

भारतीय कलाकार रुबिना दिलाइक रियालिटी शो बिग बोसको १४ औं सिजनको बिजेता बनेकी छिन् ।

बिजेता बनेसँगै उनले ३६ लाख भारतीय रुपैयाँ पाएकी छिन् । बिग बोसमा जानुअघि उनी टेलिसिरियलमा सक्रिय थिइन् ।
बिग बोसको १४ औं सिजनको फर्स्ट रनरअप राहुल वैद्य बनेका छन् । यसअघि इण्डियन आइडलको पहिलो सिजनमा पनि उनी फर्स्ट रनर अप बनेका थिए ।

‘रियालिटी शो’का होस्ट सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि फाइनलमा पुगेका सबै प्रतियोगीबीच विकल्प प्रस्तुत गरेका थिए । उनले १४ लाख भारतीय रुपैयाँ लिएर शो छोड्न सकिने बताएका थिए । प्रतियोगीलाई निर्णय गर्न ३० सेकेण्डको समय दिइएको थियो ।

सलमान खानले दिएको यो विकल्प राखी सावन्तले रोजेकी थिइन् । सलमान खानले आउँदो आठ महिलाभित्र बिग बोसको अर्को सिजन लिएर आउने बताएका छन् । बिग बोस, भारतको विवादित तर सबैभन्दा ठूलो रियालिटी शो हो । यसका प्रस्तोता बलिउडका सुपरस्टार सलमान खान हुन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read