Home फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सनको लिड रोलको लागि कलाकार खोजिदै

‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सनको लिड रोलको लागि कलाकार खोजिदै

सुपरहिट दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन ब,न्ने चर्चासँगै यति बेला नेपाली रिमेकको लागि चलचित्र युनिट कलाकारको खोजी गरिरहेको छ । निर्माण तथा वितरणको लागि अुनमति लिएको युवा चलचित्रले अहिले चलचित्रको लागि कलाकारको अडिसन लिने तयारी गरिरहेको छ ।

चलचित्रलाई विशाल सापकोटाले निर्देशन गर्ने भएका छन् । करिब १ वर्ष अघि नै निर्माण घोषणा गरिएता पनि कोरोनाका कारण चलचित्र केही समय पछि सरेको थियो ।

चलचित्रको लागि मुख्य नायक, नायिका र अन्य कलाकारको अडिसन गरिने बताइएको छ । केही महिना अघि नै अर्जुन रेड्डीको रिमेक बन्ने समाचार बाहिरिएको थियो । यो चलचित्रमा केही नायकहरुको नाम समेत जोडिएको थियो । युवा फिल्म्सको अनुसार केही दिनमै अडिसन गरिनेछ भने अडिसन दिनको लागि Contact@yuwafilms.com मा इमेल गर्न सकिने जनाइएको छ ।

दक्षिण भारतीय स्टार विजय देवगरकोन्डा अभिनित यस चलचित्रलाई सन्दिप रेड्डी भङगले निर्देशन गरेका हुन् । उक्त चलचित्रले बक्स अफिसमा ५१ मिलियन कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यही चलचित्रको हिन्दी रिमेक ‘कबिर सिंह’ गत वर्ष प्रदर्शनमा आएको थियो । जसले निकै राम्रो व्यापार गर्न सफल भएको थियो । बलिउड अभिनेता साहिद कपुर अभिनीत चलचित्रले बक्स अफिसमा ३७९.०२ करोड कमाइ गरेको थियो ।

‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । दक्षिण भारतीय चलचित्रको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । चलचित्रलाई केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्दै छन् ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read