Homeसमाचारबिटक्वाइनको बजार मूल्य १.७ ट्रिलियन डलर

बिटक्वाइनको बजार मूल्य १.७ ट्रिलियन डलर

विश्व बजारमा क्रिप्टोकरेन्सीको भ्यालु १.७ ट्रिलियन डलर पुगेको छ । यो ऐतिहासिक आँकडा पार भएसँगै विद्युतीय कार निर्माता टेस्ला कर्पोरेसनको व्यवसायले नयाँ स्वाद चाखेको छ ।

कम्पनीले गत जनवरीमा मात्रै बिटक्वाइनमा लगानी गरेको थियो । एक महिनाको अवधिमै कम्पनीले बिटक्वाइन लगानीबाट ९३० मिलियन डलर अर्थात् करिब एक खर्ब ८ खर्ब रूपैयाँ नाफा कमाएको छ ।

बिटक्वाइनमा देखिएकाे याे परिवर्तन आश्चर्यजनक छटेस्ला, मास्टरकार्ड र बीएनवाई मेलन जस्ता ठूला कम्पनीहरुले क्रिप्टोकरेन्सीप्रति समर्थन देखाएपछि भर्चुअल मुद्राको भाउ आकाशिएको हो ।  । गत वर्षको यही अवधिको तुलनामा यसको मूल्य ८१ प्रतिशतले बढेको छ । टेस्लाले क्रिप्टाेकरेन्सीमा लगानी गरेपछि एक महिनामै ४०० मिलियन डलरले यसकाे भाउ बढेकाे छ ।

टेस्लाले बिटक्वाइनमा डेढ अर्ब डलर लगानी गर्दै त्यसलाई भुक्तानीको रुपमा स्वीकार गर्ने निर्णय गरेको थियो । यससँगै अहिले बिटक्वाइटले व्यापक बैधानिकता पाउँदै गइरहेको छ ।

वित्तीय क्षेत्रका ठूला खेलाडीहरुले शुद्ध लगानी गरिरहेका कारण यसको मूल्य निरन्तर बढिरहेको मेल्बर्न ब्रोकरेज पेपर्स्टनका प्रमुख अनुसन्धानकर्ता क्रिस वेस्टन बताउँछन् । पछिल्लो समय देखिएको क्रिप्टो बुललाई कयौं क्रिप्टो लगानीकर्ताहरुले सन् २०१७ को अन्त्यतिर देखा परेको भन्दा फरक बताइरहेका छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read