Homeसमाचारकमेडी च्याम्पियन सिजन २ को फिजिकल अडिसनको प्रशारण मिति तोकियो

कमेडी च्याम्पियन सिजन २ को फिजिकल अडिसनको प्रशारण मिति तोकियो

कमेडी च्याम्पियन सिजन २ को फिजिकल अडिसनको प्रशारण मिति तोकिएको छ। कमेडी च्याम्पियन पहिलो सिजनको अपार सफलता पछि सोहि टिमले कमेडी च्याम्पियन सिजन २ लिएर आउदै छ र सिजन २ को फिजिकल अडिसन मार्च ५ देखि प्रशारण हुने जानकारी गराएको छ।

यसअघि फेब्रुअरीको पहिलो साताबाट टेलिभिजनमा प्रशारण सुरु हुने जानकारी गराईएतापनि उक्त समयमा शो प्रशारण हुन सकेन । कार्यक्रम का निर्माता बिशाल भण्डारीका अनुसार मार्च ५ देखि हरेक हप्ताको शुक्रबार र शनिबार बेलुका ९ बजे देखि १० बजेसम्म कान्तिपुर टेलिभिजन र कान्तिपुर एफएमबाट एकसाथ प्रशारण हुने छ । ओएरआर डिजिटलबाट पनि सोही समय प्रत्यक्ष लाइभ हुने छ ।
हाल कार्यक्रमका प्रोमो , केहि प्रतिस्पर्धीका फिजिकल अडिसन तथा जज प्रोमोहरु युट्युबमा भैरहेका छन्।

केहि समय अघि कमेडियन च्याम्पियन सिजन २ को फिजिकल अडिसनमा ईण्डियन युट्युबरको कन्टेन्ट चोरी गरि अडिसन दिदा गोल्डेन कि पाएका प्रतिस्पर्धीको ब्यापक बिरोध पछि उक्त प्रतिस्पर्धीलाई शो बाटै हटाई उक्त ठाउमा नयाँ प्रतिस्पर्धीलाई शो मा स्थान दिएको थियो ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read