Homeसमाचारनेकपाकाे प्रचण्ड-नेपाल समूह बहुमत केन्द्रीय सदस्यकाे नागरिकता बाेकेर निर्वाचन आयोग जाँदै

नेकपाकाे प्रचण्ड-नेपाल समूह बहुमत केन्द्रीय सदस्यकाे नागरिकता बाेकेर निर्वाचन आयोग जाँदै

नेपाल कम्यूनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूह बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने भएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपामा लामो समयदेखि विवाद जारि छ। लामो समयदेखि पार्टी भित्रको विवाद नटुङ्गिएपछि आज बहुमत केन्द्रीय सदस्यसहित प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा जान लागेको हो । त्यसका लागि सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित दिउँसो १२ बजे पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गरेपछि असन्तुष्टि जनाउँदै प्रचण्ड-नेपाल समूहले विरोधका कार्यक्रम गर्दै आएको छ । नेकपाको आधिकारिकताको विषय नटुङ्गिदा विवाद झन् बढ्दै गएको छ ।

दुवै समूहले पार्टीको आधिकारिकता दाबी गरे पनि आयोगले कुनै निर्णय गरेको छैन । आयोगले दुवै समूहले गर्दै आएका निर्णय र कार्यक्रमलाई मान्यता नदिने बताएको छ ।

सरकारको दबाबमा परेर निर्वाचन आयोगले आवश्यक निर्णय गर्न नसकेको प्रचण्ड-नेपाल समूहले आरोप लगाउँदै आएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read