Home फिल्म सेलिब्रेटी २ बर्ष देखि प्रेममा ईन्दिरा जोशी , को होलान उनका प्रेमी?

२ बर्ष देखि प्रेममा ईन्दिरा जोशी , को होलान उनका प्रेमी?

कतिपय सेलिब्रेटी आफ्नो प्रेम सम्बन्ध लुकाएरै राख्न रुचाउँछन्। तर सामाजिक सञ्जालमा प्रेम सम्बन्ध खुलाउने सेलिब्रेटीको कमी छैन।

हालै गायिका ईन्दिरा जोशीले फेसबुकमा आफ्नो प्रेम सम्बन्धबारे खुलेकी छन्। उनले आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाएकी हुन्। बुधबार फेसबुकमा फोटो पोस्ट गर्दै उनले लेखेकी छन्, ‘उनले भने- म तिम्रो तारा। तिमी मेरो जून। प्रतिबद्धताको औंठी।’

आफ्नो हातमा लगाएको औंठीको फोटो सेयर गर्दै उनले फोटो क्याप्सनमा लेखेकी छन्, ‘२ वर्षको साथ र आउँदो जीवनका समयको निरन्तरता…अन्तिम श्वाससम्म हामी सँगै हुनेछौं।’ केही समयदेखि ईन्दिराको प्रेम सम्बन्धबारे चर्चा भइरहेको थियो। उनी प्रेम सम्बन्धमा छन् वा छैनन् भन्ने धेरैको चासो बनेको थियो। तर ईन्दिराले उनको प्रेमीको अनुहार खुलाएकी छैनन्। यसपछि उनका प्रशंसकहरूमा जिज्ञासा बढेको छ- को होलान् त गायिका ईन्दिरा जोशीको प्रेमी?

नेपाल आइडलकी जजसमेत बनिसकेकी ईन्दिरा जोशीका ‘चौबन्दी चौली अनि रातो घांगरा’, ‘बेहुली’, ‘उध्रेको चोली’, ‘मोटरसाइकमा’ आदि गीत चर्चित छन्।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read