Home समाचार कारोबार शुरू भएको ५ दिनमै खर्बपति क्लबमा निफ्राको ईन्ट्री, विश्लेषक भन्छन्ः 'कमाल...

कारोबार शुरू भएको ५ दिनमै खर्बपति क्लबमा निफ्राको ईन्ट्री, विश्लेषक भन्छन्ः ‘कमाल हुन त बाँकी नै छ’

आइपीओ जारी गरेर दोस्रो बजारमा कारोबार शुरु गरेको ५ औं दिनमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’ खर्बपति क्लबमा प्रवेश गरेको छ । खर्बपति क्लबमा प्रवेश गर्ने यो ८औं कम्पनी हो ।

आइतबारदेखि कारोबार शुरु गरेको कम्पनीको सेयरमा हरेक दिन सकारात्मक सर्किटसँगै अगाडि बढेको छ । ‘निफ्रा’ ले हरेक दिन कारोबार सुरु भएको १ मिनेट मै सकारात्मक सर्किट हान्दै अगाडी बढिरहेको छ। आज  बिहीबारको दिन पनि  प्रि–ओपनिङ सेसनको कारोबारमा ४.८३ अंकले सेयर मूल्य बढेर ५२१ रुपैयाँ पुगेसँगै बैंक खर्बपति क्लबमा प्रवेश गरेको हो ।

प्रि–ओपनपछि कारोबार शुरु भएको बजारमा बैंकको सेयर ९.८६ प्रतिशतले बढेर ५४६ रुपैयाँ पुगेको छ । बैंकको दोस्रो बजारमा २० करोड कित्ता सेयर सूचिकृत भएको छ ।
२० करोड कित्तालाई ५४६ रुपैयाँका आधारमा १ खर्ब ९ अर्ब २० करोड रुपैयाँ पुग्छ ।

केही सेयर विश्लेषकहरुका अनुसार यसको सेयर मूल्य अझैँ रफ्तारमा बढेर कमाल हुन बाँकी नै छ ।यसअघि खर्बपति क्लबमा नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नागरिक लगानी कोष, ग्लोबल आइएमई, एनआइसी एसिया बैंक छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read