Home समाचार आज पनि निफ्राको शेयर मूल्यमा २ मिनेट मै सकारात्मक सर्किट,बढेर कति पुग्यो...

आज पनि निफ्राको शेयर मूल्यमा २ मिनेट मै सकारात्मक सर्किट,बढेर कति पुग्यो त शेयर मूल्य?

नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को शेयर मूल्यमा दोस्रो दिन पनि सकारात्मक सर्किट लागेको छ । सोमबार नियमित कारोबार सुरु भएको दुई मिनेट मै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

पहिलो दिन (हिजो) सर्किट लागेर बैंकको अन्तिम कारोबार ३७४ मा भएको थियो ।  दोस्रो दिनको कारोबारमा प्रि ओपनमा बैंकको मूल्य ३९२ पुगेकोमा नियमित कारोबार सुरु भएको १ मिनेट मै बैंकको शेयर मूल्यमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म बैंकको ह्सेय्रा मूल्य ९.८९ प्रतिशतले बढेर ४११ पुगेको छ ।

बैंकको आइतबारबाट NIFRA सिम्बलबाट कारोबार सुरु भएको हो  ।  गत बिहिबार बैंकको २० करोड कित्ता शेयर सुचिकृत भएको थियो।

बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले  एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि  र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए ।  नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read