Home म्युजिक भिडियो के "ईन्स्टाको फोटो-२ " आउन लागेको हो? "ईन्स्टाको फोटो" को जोडी फेरी...

के “ईन्स्टाको फोटो-२ ” आउन लागेको हो? “ईन्स्टाको फोटो” को जोडी फेरी नयाँ म्युजिक भिडियो लिएर आउदै

“मेरो ईन्स्टाको फोटो तिमी हेरी बस्छौ रे, अझै मलाई माया गर्छौ रे “, करिब दुई बर्ष अघि जि ट्वान्टी वान डिजिटलबाट रिलिज भएको यो गीत प्राय जसोको मुखमै झुण्डियो। युवा पुस्ता माझ अझ लोकप्रिय यो गीत काली प्रसाद बास्कोटाको शब्द, संगीत तथा स्वरमा थियो। भिडियोमा आसिफ शाह र रेशमा घिमिरेको अभिनय थियो। यी दुई जोडीलाई उक्त गीतमा औधी रुचाईएको थियो। सोहि जोडी पुन: एकपटक नयाँ म्युजिक भिडियोमा देखिदै छन्।

आसिफ शाहका अनुसार म्युजिक भिडियोको छायांकनको काम सकिएको छ। जि ट्वान्टी वान डिजिटलबाट नै रिलिजको तयारीमा रहेको उक्त गीतमा आसिफ शाह र रेशमा घिमिरेको जोडी नै दोहोरिएको बारेमा “के ईन्स्टाको फोटो-२ ” आउन लागेको हो भनि प्रश्न गर्दा आशिफ शाहले त्यो बारेमा अहिल्यै केहि खुलाशा गरेनन। गीतको अडियोमा रिकेश कि गुरुङ संलग्न रहेको भने थोरै जानकारी दिए।

गीत “ईन्स्टाको फोटो-२ ” नै हो या अरु नै त्यो थाहा पाउन भने केहि समय कुर्ने पर्ने भएको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read