Home फिल्म बलिउड मागी विवाह गर्दै प्रभास

मागी विवाह गर्दै प्रभास

साउथ सुपरस्टार प्रभास ब्याक टु ब्याक थुप्रै फिल्ममा अभिनय गरेका कारण चर्चामा आइरहेका छन् । तर यसका साथै बाहुबली स्टारको लभ लाइफमा पनि धेरैले निगरानी गरिरहेका हुन्छन् । प्रभास साउथ सिने जगतका मोस्ट ह्यान्डसम ब्याचलर मानिन्छन् । यता नायिका अनुष्का शेट्टी पनि अहिलेसम्म अविवाहित छिन् । यी दुईले थुप्रै फिल्ममा काम पनि गरेका छन् । बाहुबलीमा यी दुईको जोडीले त तहल्का नै मच्चाएको थियो ।

त्यतिबेला देखि नै प्रभासको नाम तेलुगु फिल्मकी लेडी सुपरस्टार भनिने नायिका अनुष्का शेट्टीसँग नाम जोडिने गरिन्छ । यद्यपि, यी दुईले आफूहरु एक राम्रा साथी मात्रै भएको बताउने गर्छन् ।

हालै भारतीय मिडियाले एउटा यस्तो जानकारी सार्वजनिक गरेको छ जसमा प्रभासको विवाह हुन लागेको खबर प्रकाशित छ ।

भारतीय मिडियामा प्रकाशित खबरलाई विश्वास गर्ने हो भने प्रभास अब चाँडै नै विवाहको तयारीमा छन् । टलिउड डट नेटको रिपोर्टलाई विश्वास गर्ने हो भने प्रभास अमेरिकास्थित एक सफ्टवेयर कम्पनीका संस्थापककी छोरीसँग विवाह गर्ने योजनामा छन् ।

यो एक मागी विवाह हुनेछ । यसका लागि दुवैको परिवारबीच कुराकानी पनि सुरु भइसकेको छ । प्रभासले यो सम्बन्धका लागि हरियो झण्डा पनि देखाएको खबरमा उल्लेख छ ।

यससँगै साउथ सुपरस्टारको विवाहको तयारीका लागि परिवार लागीपरेको पनि बताइन्छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read