एक महिना अघि आइपीओ निष्काशन गरेको चन्द्रागिरी हिल्सको शेयर आजदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने भएको छ ।
आइतबारबाट स्पेशल प्रिओपनमा आएको चन्द्रागिरी हिल्सको (ऋन्ज्) को पहिलो कारोबार भएको छ । आज भएको पहिलो कारोबारमा कम्पनीको प्रतिकित्ता १६१ रुपैयाँमा कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्जले कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर आइतबारदेखि कारोबारमा आउनेगरी शुक्रबार सूचीकृत गरेको हो ।