HomeUncategorizedप्रणय दिवसमा लोकप्रिय कस्तो गुलाफको के हुन्छ सन्देश?

प्रणय दिवसमा लोकप्रिय कस्तो गुलाफको के हुन्छ सन्देश?

हरेक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार फ्रेबुअ्ररी १४ तारिखका दिन भ्यालेन्टाईन डे अर्थात प्रेम दिवस मनाउने गरिन्छ ।जसलाई नेपालीमा प्रणय दिवस पनि भन्ने गरिन्छ । यस दिनलाई यादगार र उपलब्धिमुलक बनाउन आवश्यक योजना बनाई त्यसका लागि आवश्यक तयारी समेत सुरु भैसकेको छ । पहिले पश्चिमेली संस्कृति र चाडकारुपमा मात्र पहिचान बनाएको यो दिवस केही बर्ष यता विश्वब्यापीकरण हुन सफल भएको छ । यतिबेला यसको प्रभाव विश्वको जुनसुकै कुनामा धेर थोर परेको छ । यसबाट पुर्वेली समाज पनि अछुतो रहन सकेको छैन ।

पछिल्ला बर्षहरुको अवस्था हेर्दा पूर्वेली समाजले पनि यो दिवसलाई पश्चिमेली समाजले झै निकै महत्व दिदै तामझाम र हर्षोल्लासका साथ मनाउन थालेको पाइन्छ । यो दिवसलाई अबिबाहितहरुले आफुलाई मन परेकालाई प्रेम प्रस्ताव गर्ने, प्रेम सम्बन्धमा परेकाहरुले एक आपसको प्रेम संबन्धलाई अझ कसिलो, विस्वसनीय र परिपक्व बनाउने, प्रेम सम्बन्ध कसिलो भैसकेकाहरुले सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गर्ने, दाम्पत्य जीवन बिताई रहेकाले दाम्पत्य जीवनयात्रालाई अझ सुखमय,आनन्दमय र दिर्घायु बनाउने गरिन्छ । साथै विदुर विदुषीहरुले आफ्ना दिवंगत जीवनसाथीको संझना गर्दै मृत आत्माको चीर शान्तिको लागि प्रार्थना गर्ने एक महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्ने गरेको देखिन्छ ।

प्रेम प्रस्ताव गर्न, प्रेम सम्बन्धलाई अझ कसिलो बनाउन र दाम्पत्य जीवनलाई सुखमय,आनन्दमय र दिर्घायु बनाउन प्रार्थना गरिएको र आफु प्रेममा समर्पित भएको प्रमाणका रुपमा मनोभावना ब्यक्त गर्नका लागि मुख्यगरी प्रेमपत्र, उपहार, कार्ड र गुलाफको फूलको सहायता लिने गर्दछन् । हिलो आज यस्ता प्रेमरुपी मनोभावना ब्यक्त गर्न प्रभावकारी सञ्चार माध्यमका रुपमा फोन तथा सामाजिक सञ्जालहरुको पनि भरपुर उययोग हुने गरेको छ । हिजो आज यो दिवस सबै उमेर समुहले धेर थोर मनाउने गरेका भए पनि मुख्य गरी युवापुस्तामा यो दिवसले बढी प्रथामिकता पाउँदै गइरहेको छ । त्यसो त कोहीले यस दिवसको मर्मलाई बुझेर बनाउने गर्दछन् त कोहीले लहै लहैमा । दिवसको मर्म विपरित रमाईलोका लागि मात्र मनाउनेको जमात पनि कम छैन । यसको समाजमा निकै नकारात्मक प्रभाव पार्दै गइरहको यर्थाथलाई भने नकार्न सकिदैन । यद्यपी, यो दिवसले दिन प्रतिदिन निकै चर्चा र महत्वका साथ अफ्नो क्षेत्र बिस्तार गर्दै गएको कुरा पनि सत्य नै हो ।

मुख्यगरी यस दिवसका अवसरमा मायाको प्रतिनिधित्व गर्ने मुटुको चित्र र गुलाफको फूललाई अत्यधिक प्रयोग गरिन्छ । विभिन्न रंगका गुलाफको फूल आदान प्रदान गरेर मायाँको भावना साटासाट समेत गर्ने गरिन्छ । गुलाफको फूलको विभिन्न रंग र प्रकृतिले भिन्न भिन्न अर्थ सहित संदेश प्रभाव गर्ने विश्वास पनि गरिन्छ । जसको बारेमा कतिपयलाई थाहा नहुन पनि सक्छ ।

विभिन्न रंगका गुलाफका फूलहरुको माध्यमबाट डेढ सय भन्दा बढी भिन्न भिन्न सन्देश प्रवाह गर्न सकिन्छ । जसको एक पुस्तक नै तयार भएको छ । अतः यस बर्षको आउदै गरेको प्रेम दिवसको स्मरण सहित सबैलाई शुभकामना ब्यक्त गर्दै हरेकको प्रेम दिवस बढी भन्दा बढी प्रभावकारी र फलदायी बन्न सकोस् भन्ने उद्देश्यले कस्तो रंग र प्रकृतिको गुलाफको फूलले के सन्देश प्रवाह गर्छ भन्ने विभिन्न स्रोतबाट संकलित केही संक्षिप्त जानकारी:

गुलाफ : सन्देश

  • रातो गुलाफ : म तिमीलाई निकै मायाँ गर्छु ।
  • सेतो गुलाफ : हाम्रो प्रेम पवित्र र निश्चल छ ।
  • पुरा फुलेको गुलाफ : तपाई निकै सुन्दर हुनुहुन्छ ।
  • पुरा फक्रिएको गुलाफको साथमा दुई वटा कोपिला गुलाफ : सुरक्षाको सन्देश ।
  • सेतो गुलाफको कोपिलाले : प्रेमको लागि परिपक्वता नभएको ।
  • पहेलो गुलाफ : म तिमीलाई मन पराउछु तर तिमी मलाई …….?
  • सुन्तला रंगको गुलाफ : मेरो प्रेम अनन्तसम्मका लागि हो, म केबल तिम्रो मात्र।
  • चारवटा गुलाको पात सहितको गुच्छा : शुभकामना मात्र ।
  • काँडा सहितको डाँठ भएको कोपिला गुलाफ : म तिमीलाई मायाँ गरिरहन्छु कसैसँग डर छैन ।
  • काँडा मात्र भएको गुलाफको डाँठ : तिम्रो सुन्दरतामा मदहोस छु ।
  • लामो डाँठ भएको रातो गुलाफ : म अझै तिमीलाई मायाँ गरिरहेको छु ।
  • चमेलिया गुलाफ : एक तर्फि मायाँ ।
  • पुर्ण रुपले फक्रिएको गुलाफको गुच्छा : म तिमीप्रति अभारी छु र तिम्रो श्रद्धा गर्छु ।
  • गुलाफको कोपिला : म पनि मायाँ गर्छु ।
  • फक्रिएको गुलाफ : म तिमीलाई सम्झिरहेको छु ।
  • रिबनमा बाँधिएको गुलाफ : प्रेमका सम्बन्धमा छिनोफानो भै सकेको ।
  • दुई वटा कोपिलाको साथमा एउटा फक्रिएको गुलाफ : प्रेमलाई गोप्य राख्ने संदेश ।
  • ओइलाएको सेतो गुलाफ : म तिमीलाई मायाँ गर्दिन ।
TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read