Home Uncategorized फोनको स्टोरेज फुल भएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

फोनको स्टोरेज फुल भएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

आजभोलि हरेकको हात हातमा मोबाइल छ । चाडबाड, भेटघाट अनि घुमघामको समयमा आफन्त साथीसंगीसँग फोटो खिच्न सबैलाई मन लाग्छ । त्यसैले पनि मोबाइल फोनमा र्याम र स्टोरेजको महत्वपुर्ण स्थान रहेको हुन्छ । फोन भएपछि त्यसमा फोटो, भिडियोसँगै कयौं आवश्यक एपहरु हुने नै भए । मोबाइल आज हाम्रो जिन्दगीको अहम हिस्सा बनिसकेको छ ।

कुनै बेला फोटा क्लीक गर्दा, भिडियो बनाउदा, या केही डाउनलोड गर्दा मोबाइल फोनमा स्टोरेज कम भएको अलर्ट आउछ । स्टोरेज कम भएपछि डाउनलोड गर्न तथा फोटो खिच्न समस्या हुने गर्दछ ।तर कतिपय समय हामीलाई यही फोनले गर्दा हैरानी महसुस हुने गर्दछ । पटक पटक ह्याङ हुन थाल्दछ ।अनि कयौं समय स्टोरेजका कारण समस्या हुन्छ ।

मोबाइल फोन ह्याङ हुने तथा स्लो चल्ने कयौं कारणले हुन सक्छ । तर, यसको एक प्रमुख कारण स्टोरेज फुल हुनु हो । हामी आफ्नै केही गल्तीका कारण फोनको स्टोरेज फुल हुन्छ । यी गल्ती के हुन् र कसरी गल्तीबाट बँच्ने भन्ने ज्ञान हुुँदा समस्याबाट मुक्ति मिल्छ :

  • तपाईहरुले इंस्टाग्राम राखेको फोटो मोबाइल मेमोरीमा स्टोरेज हुन्छ । यस्ता फोटाले मेमोरीको धेरै स्पेस ओगट्छ । त्यसैले इंस्टाग्राममा राखेको फोटो स्टोरेजबाट डिलेट गरिदिनुहोस् ।
  • थर्ड पार्टी एप्सले पनि मोबाइलको मेमोरी खाने र मोबाइललाई स्लो बनाउने गर्छ । यस्ता सबै एप्स डिलेट गर्नुहोस् । यसमा क्यामेरा एप्स पनि पर्छ जसको काम निकै कम हुन्छ तर, फोनको निकै धेरै स्पेस खान्छ ।
  • म्युजिक स्ट्रिमिङ एप्स प्रयोग गरेर तपाईं आफूलाई मन परेको गीत तथा भिडियो सेकेण्ड भरमै सुन्न तथा देख्न सक्नुहुन्छ । तर, यो एप्स फोनमा डाउनलोड गर्नुपर्ने जरुरी हुँदैन । यसो गर्दा मोबाइलमा धेरै गीत तथा भिडियो स्टोर हुनबाट स्पेस जोगिन्छ ।
  • पुराना म्यासेजले पनि मोबाइलको मेमोरी स्पेस खाइरहेको हुन्छ । ‘डिलेट अल थ्रेड्स’ अप्सनमा गएर पुराना म्यासेजहरु डिलेट गर्नुहोस् । यहाँबाट एकै साथ सबै पुराना म्यासेज डिलेट गर्न सकिन्छ ।
  • कतिपय एप्स मोबाइलमा आवश्यक पर्दैन तर, रहिरहेको हुन्छ । यस्ता एप्स पनि डिलेट गर्नुहोस् । यसले फोनको मेमोरी स्पेस खाने गर्छ ।
  • क्रोम ब्राउजर प्रयोग गर्नुहुन्छ भने ब्राउजरको क्यास, डाटा र हिस्ट्री डिलेट गर्नुहोस् ।
  • मोबाइलको इन्टरनल स्टोरेज क्लिन गर्नुहोस् । यसका लागि सबै फाइललाई माइक्रोएसडी कार्डमा मुभ गर्नुहोस् ।
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read