Home फिल्म सेलिब्रेटी गायिका अन्जु पन्त प्रेमी थीर कोईराला संग बिहे गर्दै

गायिका अन्जु पन्त प्रेमी थीर कोईराला संग बिहे गर्दै

चर्चित गायिका अञ्जु पन्तले विवाह गर्ने तयारी गरेकी छिन् l प्रेमी थिर कोइराला सँग विवाह गर्ने लागेकी अन्जुले एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी थिइन l केही वर्ष देखी एक अर्काको प्रेममा रहेकी अन्जु आफैँले विवाह गर्न लागेको बताएकी हुन् l अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने विषयमा सोचिरहेको बताएकी थिइन् ।

इलाम घर भएका थिरले अञ्जुको आवाजमा समावेश भएका केही गीतहरूको रचना समेत गरेका छन् l मनोजराजसँग डिभोर्स पस्चात अञ्जु क्रिस्चिएन धर्ममा लागेकी थिइन भने थिर पनि सोही धर्ममा विश्वास राख्दछन् l अञ्जु कै फाउन्डेसनको विभिन्न कार्यक्रमहरुमा पनि थीर धेरै जसो देखिने गर्थे। केही समय अगाडी  अञ्जुको विवाहको खबर सामाजिक सञ्जालमा चर्चाको विषय पनि बनेको थियो l

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read