Home Uncategorized यी गल्तीका कारण तपाईंहरुको कपाल झरिरहेको छ

यी गल्तीका कारण तपाईंहरुको कपाल झरिरहेको छ

आजभोली धेरै मानिसहरुको कपाल झर्ने समस्याले तनाव दिइरहेको पाईन्छ। चाहे महिला होस या पुरुष, कपाल झर्ने समस्याले दुबैलाई पिरोलिरहेको हुन्छ।आजभोली धेरै मानिसहरु कपाल झर्नुका कारणले चिन्तामा हुन्छन् र यसबाट मुक्त हुन समाधान खोजिरहेका पनि हुन्छन् । वंशानुगत कारणले कपाल झर्ने भए पनि कहिलेकांही चाहिँ हामीले गरिरहेका गल्तीका कारण पनि कपाल झर्न सक्छ ।यस्ता केही गल्ती जसका कारण हाम्रो कपाल झरिरहेको छः
कपाललाई निकै टाइट बाँध्नु : लामो कपाल बाँध्नु रमाइलो हुन्छ । तर, कसेर कपाल काट्दा कपाल झर्ने समस्या पनि निम्तिन्छ । खासमा यसरी कँसेर कपाल बाँध्दा कपालको जरामा निकै असर पर्छ । यसले कपाल झर्ने मात्र होइन, टाउको दुख्ने समस्या पनि निम्त्याउँछ ।

असन्तुलित खाना : असन्तुलित खाना हाम्रो शारीरिक स्वास्थ्यका लागि मात्र होइन, कपालको स्वास्थ्यका लागि पनि राम्रो मानिँदैन । धेरै खाना परिवर्तन गरियो वा पौष्टिक खाना खाइएन भने हाम्रो कपाल झर्ने समस्या झन् बढ्दै जान्छ ।

आइरनको कमी : आइरनको कमीले पनि कपाल झार्छ । आइरनको कमी हुँदा रगतमा हेमोग्लोबिनको उत्पादन कम हुन्छ । हेमोग्लोबिन कम हुनु भनेको अरु समस्या देखिनु त हुँदै हो, हाम्रो कपाललाई पनि समस्यामा पार्नु हो । यसले हाम्रो कपाल झर्ने क्रम बढाउँछ ।

केमिकलको प्रयोग : आजभोलि त कपाललाई रंग्याउनु फेसन बनेको छ । तर, कपाल रंग्याउने नाममा मात्र होइन, विभिन्न स्टायलको बनाउने वाहनामा कपालमा विभिन्न केमिकल हाल्दा पनि समस्या देखिन्छ ।विभिन्न प्रकारका जेल तथा क्रीमहरुको प्रयोगले पनि कपाल झर्छ। कपाल झर्ने समस्या छ भने यस्तो केमिकलहरुको प्रयोग गर्ने बानी तत्काल छाड्नु पर्छ ।

तातो पानीले नुहाउनु : जाडोमा तातो पानीले कपाल धुनेहरु निकै धेरै हुन्छन् । तर, लामो समय तातो पानीमा कपाल धुँदा त्यसले कपाललाई रुखो बनाउने मात्र होइन, कपाल टुक्रिने तथा कपाल झर्ने समस्या पनि बढाउँछ ।

अनावश्यक रुपमा तनाव लिनु : कपाल झर्ने मुख्य कारणमध्ये एउटा तनाव पनि हो । यदि तपाईं धेरै तनाव लिनुहुन्छ भने तपाईंमा कपाल झर्ने समस्या पनि बढी हुन्छ । सकेसम्म तनावलाई कम गर्ने हो भने कपाल झर्ने क्रम पनि विस्तारै रोकिन्छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read