Home समाचार आँखा किन फर्फराउँछ ? यस्तो छ कारण

आँखा किन फर्फराउँछ ? यस्तो छ कारण

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । अथवा कसैले महिला र पुरुषको छुट्टाछुट्टै आँखा फर्फराउँदा छुट्टाछुट्टै दोष हुने पनि भन्ने गर्दछ।

आँखा फर्फराएको छ भने आँखामा स्वास्थ्य समस्या भएको बुझ्नुपर्छ । सुक्खा हुने, विभिन्न इन्फेक्सन हुने, एलर्जी हुने, रातो हुने, सुन्निने तथा आँसु बढी आउने समस्या फर्फराउने संकेतसँग जोडिएको हुन्छ आँखा । आँखा फर्फराउने संकेतसँग मानसिक तनावको पाटो पनि जोडिएको हुन्छ । मानसिक तनाव धेरै लिने मानिसको आँखा धेरै फर्फराउँछ । कम मानसिक तनाव लिनेहरूमा तुलनात्मक रूपमा आँखा फर्फराउने समस्या कम हुन्छ । आँखा फर्फराउँनुको बिभिन्न बैज्ञानिक कारणहरु छन। आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउँछ । यसका केही कारणबारे जानिराखौं :
१. थकान र तनावका कारण आँखा फर्फराउँछ । तनाव कम गर्न सक्नुभयो भने आँखा फर्फराउन बन्द हुन्छ । राम्ररी निद्रा पुगेको छैन भने पनि आँखा फर्फराउँछ ।
२. धेरै मापसे गर्दा पनि आँखा फर्फराउँछ ।
३. धमिलो बत्तीमा काम गर्दा अनि कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखा फर्फराउँछ । कसरी रोक्ने त ? टन्न पानी पिउनुहोस् । पूरा आराम हुनेगरी धेरैभन्दा धेरै सुत्नुहोस् । अनि आँखाको मसाज गर्नुहोस् ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read